पोखरामा कोटीहोम आयोजक र नगर प्रहरीबीच झडप

कास्की । पोखराको लेकसाइडमा मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि भूमिपूजा गर्न थालेपछि दुई पक्षबीच झडप भएको छ । नेपाल ट्रस्ट मातहतको बाराहीघाटमा शुक्रबार मानव सेवा फाउन्डेसनले गर्ने भनिएको कोटीहोमका निम्ति भूमिपूजा कार्यक्रम थियो । पोखरा महानगरपालिकाले अनुमति बेगर भूमिपूजा गर्न ला…

पोखरामा कोटीहोम आयोजक र नगर प्रहरीबीच झडप

कास्की । पोखराको लेकसाइडमा मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि भूमिपूजा गर्न थालेपछि दुई पक्षबीच झडप भएको छ ।

नेपाल ट्रस्ट मातहतको बाराहीघाटमा शुक्रबार मानव सेवा फाउन्डेसनले गर्ने भनिएको कोटीहोमका निम्ति भूमिपूजा कार्यक्रम थियो ।

पोखरा महानगरपालिकाले अनुमति बेगर भूमिपूजा गर्न लागेको भन्दै रोक्न खोजेपछि नगर प्रहरी र आयोजकबीच झडप भएको हो । झडपमा केही व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।

अहिले झडप भएको बाराहीघाटमा बाक्लो सङ्ख्यामा नगर प्रहरी र प्रहरीहरू तैनाथ गरिएको छ । महानगर कुनैपनि हालतमा कोटीहोम गर्न नदिने पक्षमा छ ।