आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। (मंगलबार बिहान) कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। त्यस्तै लुम्बिनी प्रदेशको मौसम आंशिक बदली छ भने देशका बाँकी भूभागको मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।…

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। (मंगलबार बिहान) कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ।

त्यस्तै लुम्बिनी प्रदेशको मौसम आंशिक बदली छ भने देशका बाँकी भूभागको मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षासमेत भइरहेको छ।

आज दिउँसो पनि सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको संभावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

त्यसैगरि कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा आज हल्का हिमपातको सम्भावनासमेत छ।

‘वर्षा तथा हिमपातको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाटसमेत बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउन अनुरोध छ,’ महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ।