अभियानकै क्रममा माओवादीले किन बोलायो पदाधिकारी बैठक ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बस्नेगरी बैठक बोलाइएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमदेखि पार्टीको जारी तराईं मधेश अभियानको समीक्षा हुने उनले बताए…

अभियानकै क्रममा माओवादीले किन बोलायो पदाधिकारी बैठक ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बस्नेगरी बैठक बोलाइएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमदेखि पार्टीको जारी तराईं मधेश अभियानको समीक्षा हुने उनले बताए ।

माओवादीले गत सोमबारदेखि ‘जनतासँग माओवादी : तराई-मधेश जागरण अभियान’को सुरु गरेको थियो । झापाको केचनाकबलबाट शुरू अभियान कञ्चनपुर पुगेर टुंग्याउने माओवादीको तयारी छ ।

अभियानमा अध्यक्ष प्रचण्डसहित पार्टीका उपमहासचिव तहसम्मका नेता सहभागी छन् । माओवादीले अभियानमा जनताको कुरा सुन्ने र सरकारविरुद्ध खबरदारी गर्दै आइरहेको छ ।