दार्चुलामा प्रभु बैंककाे नयाँ शाखा विस्तार

काठमाडौं। प्रभु बैंक लिमिटेडले दार्चुलामा ३१२ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले आज महाकाली नगरपालिका-४ स्थित खलंगामा नयाँ शाखा विस्तार गरेको हो। बैंकले देशका विभिन्न ठाउँमा आफ्ना शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्…

दार्चुलामा प्रभु बैंककाे नयाँ शाखा विस्तार

काठमाडौं। प्रभु बैंक लिमिटेडले दार्चुलामा ३१२ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले आज महाकाली नगरपालिका-४ स्थित खलंगामा नयाँ शाखा विस्तार गरेको हो।

बैंकले देशका विभिन्न ठाउँमा आफ्ना शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरिरहेको छ। सो अभियानले देशैभर बैंकिङ्ग पहुँचमा वृद्धि भएको उल्लेख गर्दै बैंकले देशको आर्थिक विकासमा सकरात्मक टेवा पुगेकोे दाबी गरेको छ।

उक्त शाखा कार्यालयको उद्घाटन गर्ने क्रममा बैंकका सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख व्यापारिक केन्द्र अधिकृत,कर्णाली प्रदेश प्रमुख लगायत स्थानीय बासिन्दा,सर्वसाधारणहरुको उपस्थिति रहेको थियो।

शाखा विस्तारबाट स्थानीय बासिन्दा,व्यवसायिक फर्म,कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी फाइदा लिन सक्ने बैंकले बताएको छ। दार्चुला शाखा कार्यालय सञ्चालनमा आएसँगै प्रभु बैंक लिमिटेडको सेवा अब देशका ७७ वटै जिल्लामा विस्तार भएको छ ।