विराटनगर । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाकाको भाडाको एक घरमा आगलागी भएको छ । लिखुपिके वडा नम्बर-३ काफ्लेचौरका रुद्रबहादुर खत्रीको घरमा भाडामा बसेको कार्यालय भवन आगोले जलेको हो ।
त्यो घरमा गाँउपालिकाको प्राविधिक शाखा, स्टोर शाखा र प्रधानमन्त्री रोजगार शाखा रहेको थियो । जिल्ला प्रहरी कार्यालय सोलुका अनुसार घरमा बिजुलीको तार सर्ट भएर आगलागी भएको हो ।

