काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा आउँदो फागुन दोस्रो हप्ता हुने भएको छ ।
मंगलबार र बुधबार पोखरामा भएको क्यानको कार्यसमितिको बैठकबाट वार्षिक साधारणसभा फागुन १४ र १५ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा गर्ने निर्णय गरिएको हो ।
यस्तै, बागलुङ र पर्वत जिल्ला क्रिकेट संघको तदर्थ समितिलाई मान्यता दिने निर्णय गरिएको छ । यो निर्णय अनुमोदनका लागि वार्षिक साधारणसभामा पेस गरिने जनाइएको छ ।
क्यानको वार्षिक साधारणसभा फागुनमा
नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा आउँदो फागुन दोस्रो हप्ता हुने भएको छ ।

