सुकेधारामा तेस्रो लिङ्गीको हत्या आरोपमा एक जना पक्राउ

काठमाडौं । काठमाडौंको सुकेधारामा तेस्रो लिङ्गीको हत्या आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको मोलुङ ६ का विराट ठकुरी रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार ठकुरीलाई शुक्रबार दिउँसो भक्तपुरबाट प्रहरीले पक्राउ गरेको हो। उनले सुकेधारामा एक जना तेस्र…

सुकेधारामा तेस्रो लिङ्गीको हत्या आरोपमा एक जना पक्राउ

काठमाडौं । काठमाडौंको सुकेधारामा तेस्रो लिङ्गीको हत्या आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको मोलुङ ६ का विराट ठकुरी रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार ठकुरीलाई शुक्रबार दिउँसो भक्तपुरबाट प्रहरीले पक्राउ गरेको हो।

उनले सुकेधारामा एक जना तेस्रो लिंगीलाई मंगलबार राति ११ बजेतिर हत्या गरेको सीसीटीभी फुटेजबाट पुष्टि भएको छ। तर उनको शव बिहीबार मात्रै फेला परेको थियो। पक्राउ परेका ठकुरीले लागुऔषधको विषयमा विवाद हुँदा हत्या गरेको प्ररीलाई प्रारम्भिक बयान दिएका छन्।

तर यस विषयमा थप अनुसन्धान गर्ने र पुष्टि गर्ने काम भइरहेको परिसर स्रोतले जानकारी दिएको छ । धोबीखोला नजिकैको भत्किएको संरचनामा प्रयोगमा नरहेको शौचालयभित्र शव फेला परेको थियो। शवलाई फोहोरको थुप्रोले छोपिएको थियो।

मृतक ओखलढुंगा घर भई काठमाडौं बस्दै आएका ५० वर्षीय अडविर राईको रहेको खुलेको छ। मृतकको टाउको, निधार र नाकमा धारिलो हतियारले प्रहार गरिएको चोट देखिएको छ।

अनुहार र कपालमा रगत लतपतिएको थियो। घटना लगतै अनुसन्धानमा खटिएको परिसरको टोलीले सीसीटीभी फुटेजका आधारमा उनको पहिचान गरेर पक्राउ गर्न सफल भएको हो।