माओवादी केन्द्रको पदाधिकारी र स्थायी समिति बैठक स्थगित

नेकपा माओवादी केन्द्रको पदाधिकारी र स्थायी समिति बैठक स्थगित भएको छ।

माओवादी केन्द्रको पदाधिकारी र स्थायी समिति बैठक स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी र स्थायी समिति बैठक स्थगित भएको छ। बुधबार दिउँसो १२ बजे पदाधिकारी र १ बजे स्थायी समितिको बैठक बोलाइएको थियो। संसद बैठकका कारण बैठक स्थगित गरेको माओवादी केन्द्रले जनाएको छ। संसद बैठक केहीबेरमा बस्दैछ। स्‍थायी समिति बैठक भने भोलि ११ बजेका लागि बोलाइएको छ। माओवादी स्थायी समिति बैठकले दलहरूसँग पार्टी एकता र अन्य राजनीतिक विषयमा छलफल गर्ने तयारी छ।