पानी टंयाकर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । धादिङको गल्छि गाउँपालिका-३ गुप्तेश्वरस्थित भित्री कच्ची सडकमा ट्यांकर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। आज बिहान २ बजे स्थानीय गुप्तेश्वर मन्दिरमा पानी लिएर जाँदै गरेको बाप्र ०१-००४ क ३३५२ ट्यांकर ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेर…

पानी टंयाकर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । धादिङको गल्छि गाउँपालिका-३ गुप्तेश्वरस्थित भित्री कच्ची सडकमा ट्यांकर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

आज बिहान २ बजे स्थानीय गुप्तेश्वर मन्दिरमा पानी लिएर जाँदै गरेको बाप्र ०१-००४ क ३३५२ ट्यांकर ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना भएको धादिङका डिएसपी सुवास हमालले जानकारी दिए।

दुर्घटनामा परी गम्भीर घाइते भएकाहरू गजुरी गाउँपालिका-६ का १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको उपचारका क्रममा बिहान ६:२० बजे गजुरी अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएका थप दुई जनालाई काठमाडौं रेफर गरिएको डिएसपी हमालले जानकारी दिए। घाइतेहरूमा गजुरी-६ कै १९ वर्षीय सिरिश चेपाङ र १७ वर्षीय सुरेश चेपाङ छन्।