काठमाडौं । माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीले पशुपति क्याम्पसको स्ववियू सभापतिमा अर्जुन घर्तीमगरलाई सिफारिस गरेको छ । मंगलबार पशुपति क्याम्पस समितिको पूर्ण बैठकले सभापतिमा घर्तीमगरलाई सर्वसम्मत सिफारिस गरेको हो ।
त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेकाे कार्यतालिका अनुसार चैत ५ गते स्ववियूको निर्वाचन हुँदैछ ।
सभापतिमा सिफारिस भएका घर्तीमगरले शिक्षालाई व्यावसायीकरणमुक्त बनाउने संकल्पसहित विद्यार्थीका हक अधिकारहरूको सुनिश्चतता, वैज्ञानिक, गुणस्तरीय र समान पहुँचयुक्त शिक्षा आफ्नो मुख्य एजेण्टा भएको बताएका छन् ।
'संगठनले मलाई जिम्मेवारी मात्र दिएको होइन,' उनले भने, 'विद्यार्थी आन्दोलनलाई सशक्त, सुदृढ र वैज्ञानिक शिक्षामा रुपान्तरण गर्ने मेरो प्रण छ ।'
प्रथम पूर्ण बैठकमा अखिल (क्रान्तिकारी) केन्द्रीय महासचिव रोशन थापा मगर, पूर्व केन्दीय समिति सचिल मदन लिम्बू, अखिल (क्रान्तिकारी) उपत्यका बिशेष प्रदेश सचिव रमेश आचार्य, पूर्व केन्द्रीय सदस्य सुडान बडाल, जलबहादुर बुढा, कमल न्यौपाने, केन्द्रीय सदस्य प्रशान्त कठायतलगायतको उपस्थिति रहेको थियो ।

