महाकुम्भबाट फर्किने क्रममा गोरखपुरमा गाडी दुर्घटना, चार नेपालीको मृत्यु

जनकपुरधाम । महाकुम्भबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । नम्बर खुल्न नसकेको स्कार्पियो शुक्रबार अबेर राति भारतको यूपी राज्यअन्तर्गत गोरखपुर लिंक रोडमा उक्त दुर्घटना भएको हो । ट्रयाक्टरको पछाडिको ट्रलीमा…

महाकुम्भबाट फर्किने क्रममा गोरखपुरमा गाडी दुर्घटना, चार नेपालीको मृत्यु

जनकपुरधाम । महाकुम्भबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।

नम्बर खुल्न नसकेको स्कार्पियो शुक्रबार अबेर राति भारतको यूपी राज्यअन्तर्गत गोरखपुर लिंक रोडमा उक्त दुर्घटना भएको हो । ट्रयाक्टरको पछाडिको ट्रलीमा स्कारर्पियो ठोक्किएर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा सप्तरीको कंचनरूप नगरपालिका ७ की लिलावती चौधरी र परसुराम चौधरी र वडा नम्बर ५ की हरिहर देवीको मृत्यु भएको छ । मृतक एकजनाको नाम खुल्न नसकेपनि उनी सप्तरीकै रहेको बुझिएको छ ।