एकीकृत समाजवादीका नेता सापकोटाको निधन

काठमाडौं । संविधान सभाका सदस्य एवं नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ। काठमाडौँस्थित हेल्पिङ ह्यान्ड हस्पिटलमा उपचारका क्रममा आज बिहान ३स्५० बजे उनको मृत्यु भएको पार्टीले जनाएको छ। उनी एकीकृत समाजवादीका बागमती प्रदेश सहइन्चार्जसमेत थिए। श्रद्धाञ…

एकीकृत समाजवादीका नेता सापकोटाको निधन

काठमाडौं । संविधान सभाका सदस्य एवं नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ।

काठमाडौँस्थित हेल्पिङ ह्यान्ड हस्पिटलमा उपचारका क्रममा आज बिहान ३स्५० बजे उनको मृत्यु भएको पार्टीले जनाएको छ। उनी एकीकृत समाजवादीका बागमती प्रदेश सहइन्चार्जसमेत थिए।

श्रद्धाञ्जलीका निम्ति उनको शव आज नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बिहान ९ बजेदेखि राखिने बताइएको छ।