माओवादी केन्द्र गलकोट नगरको पूर्ण बैठक सम्पन्न

गलकोट । नेकपा (माओवादी केन्द्र) गलकोट नगर समितिको पुर्ण बैठक गलकोट नगरपालिका वडा नम्वर ६ मा सम्पन्न भएको छ । जनतासँग माओवादी अभियानलाई शसक्त रुपमा अगाडी बढाउने उद्येश्य सहित दोस्रो नगर अधिवेशन पश्चात प्रथम पूर्ण बैठक आज सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका…

माओवादी केन्द्र गलकोट नगरको पूर्ण बैठक सम्पन्न

गलकोट । नेकपा (माओवादी केन्द्र) गलकोट नगर समितिको पुर्ण बैठक गलकोट नगरपालिका वडा नम्वर ६ मा सम्पन्न भएको छ ।

जनतासँग माओवादी अभियानलाई शसक्त रुपमा अगाडी बढाउने उद्येश्य सहित दोस्रो नगर अधिवेशन पश्चात प्रथम पूर्ण बैठक आज सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य तथा गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले जनतासँग माओवादी विशेष रुपान्तरण सहित अगाडी बढाइने बताए ।

उनले जनताको एउटा घरमा पनि नछाडी नागरिकका गुनासा, आलोचना सुन्ने शहीद तथा बेपत्ता परिवार भेट्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेका नागरिकमैत्री कामहरुको बारेमा जनतालाई अवगत गराउनु पर्ने उल्लेख गरे ।

जनतासँग भेट गर्दै विचार र नेतृत्वको आधारमा संगठित तागत निर्माण र समृद्ध समाज निर्माण गर्न सबै आआफ्नो ठाउँबाट लाग्नुपर्ने निउरेको जोड थियो ।

बैठकमा नेकपा माओवादी केन्द्रका गलकोट नगर समिति अध्यक्ष गंगा बहादुर भुजेलले पार्टीको कार्यपत्र सहितको सांगठनिक प्रतिवेदन प्रस्तुत गरे ।

बैठकमा नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सचिवालय सदस्य तथा बागलुङ जिल्ला संयोजक राजिव घिमिरे, अखिल नेपाल महिला संघ क्रान्तिकारीका गलकोट नगर अध्यक्ष तथा नगर समिति उपाध्यक्ष कौशिला घर्ती, अन्तराष्ट्रिय प्रवास समन्वय समिति सदस्य तिर्थ भण्डारीले मन्तव्य राखे ।