गौतमबुद्ध विमानस्थलको महिला शौचालयमा सुनको सिक्री भेटियो

रुपन्देही । केही समययता अन्तर्राष्ट्रिय उडान सुरु भएको रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुन थालेको आशंका बढेको छ । क्यानका कर्मचारी, सुरक्षाकर्मीसँगको सेटिङमा सुन ल्याएर यहाँको भन्सार कार्यालय छल्दै अन्यत्रबाट बाहिर निकाल्न थालिएको प्रमाण भेटिएका छन्…

गौतमबुद्ध विमानस्थलको महिला शौचालयमा सुनको सिक्री भेटियो

रुपन्देही । केही समययता अन्तर्राष्ट्रिय उडान सुरु भएको रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुन थालेको आशंका बढेको छ । क्यानका कर्मचारी, सुरक्षाकर्मीसँगको सेटिङमा सुन ल्याएर यहाँको भन्सार कार्यालय छल्दै अन्यत्रबाट बाहिर निकाल्न थालिएको प्रमाण भेटिएका छन् ।

मंगलबार बिमानस्थलमा रहेको महिला शौचालयमा सरसफाइ कर्मचारीले सुनको सिक्री भेटेपछि यो विषय बाहिर आएको हो । महिला यात्रुले ल्याएर शौचालयमा छाडेको तर सरसफाईमा सेटिङको कर्मचारी नगएर अर्को कर्मचारी गएको बेला सिक्री भेटीएको हो ।

यसअघि यहाँका प्रहरी, सरसफाईमा काम गर्ने क्यानका कर्मचारी र भरियाको सेटिङमा सुन आएको थियो । बाहिरबाट आउने जजिरा र फ्लाई दुवईमार्फत विचौलियाले सेटिङमा काम गर्न थालेको बुझाई यहाँको कर्मचारीको छ । उनीहरु विमानबाट उत्रिएपछि भन्सारतिर नगई सिधै शौचालयतर्फ जाने र त्यहाँको सरसफाइमा काम गर्ने कर्मचारी तथा प्रहरीले बाहिर निकाल्ने गरेका छन् ।

यसअघि यसैगरी बाहिर निकालेको सुन पक्राउ परेको थियो । यसको अनुसन्धानमा क्यानको कर्मचारी, प्रहरी तथा ल्याउने मान्छे नै संलग्न पाइएपछि उनहरुविरुद्ध मुद्दा चलिरहेको छ ।

भन्सार अधिकृत पवित्रा ज्ञवाली विचौलिया, यहाँका केही कर्मचारी र प्रहरीको सेटिङमै तस्करी गर्न खोजिए पनि त्यो सम्भव नहुने बताइन् ।