बुढानीलकण्ठमा प्रहरीको छापा : अनलाइन जुवा खेलाउने २४ जना भारतीय पक्राउ

काठमाडौं । बूढानीलकण्ठबाट प्रहरीले अनलाइन जुवा खेलाएको आरोपमा २४ जना भारतीय नागरिकहरूलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति छापा मारेर २४ भारतीय नागरिकलाई पक्राउ गरेको हो । अनलाइन जुवा तथा बेटिङ खेलाएको आरोपमा अपराध अनुसन्धान कार्यालयक…

बुढानीलकण्ठमा प्रहरीको छापा : अनलाइन जुवा खेलाउने २४ जना भारतीय पक्राउ

काठमाडौं । बूढानीलकण्ठबाट प्रहरीले अनलाइन जुवा खेलाएको आरोपमा २४ जना भारतीय नागरिकहरूलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति छापा मारेर २४ भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

अनलाइन जुवा तथा बेटिङ खेलाएको आरोपमा अपराध अनुसन्धान कार्यालयको इन्टेलिजेन्स शाखा प्रमुख डीएसपी रोशन खड्काको कमाण्डमा खटिएको टोलीले छापा मारेको थियो ।

प्रहरीले उनीहरुको साथबाट २१ थान मोबाइल, ३८ थान ल्यापटप समेत बरामद गरेको छ भने १ अर्ब ६४ करोड ३९ लाखको कारोबार गरेको पाइएको छ ।

स्काई एक्सचेन्ज वेबसाइटमार्फत उनीहरूले अनलाइन गेम तथा जुवा खेलाउने गरेको प्रहरीले जनाएको छ ।