कर्मचारी कुटेको आरोपमा बन्दीपुरका वडाध्यक्ष पक्राउ

काठमाडौं । बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पक्राउ परेका छन् । कार्यक्रमको बिल स्वीकृत नगरेको भन्दै वडासचिव नवीन भुसाललाई कुटपिट गरेको आरोपमा अध्यक्ष बलबहादुर गुरुङ पक्राउ परेका हुन् । वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत गर्न नमानेको भन्दै वडाध्यक्ष गुरुङले आफूमाथि…

कर्मचारी कुटेको आरोपमा बन्दीपुरका वडाध्यक्ष पक्राउ

काठमाडौं । बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पक्राउ परेका छन् । कार्यक्रमको बिल स्वीकृत नगरेको भन्दै वडासचिव नवीन भुसाललाई कुटपिट गरेको आरोपमा अध्यक्ष बलबहादुर गुरुङ पक्राउ परेका हुन् ।

वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत गर्न नमानेको भन्दै वडाध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको वडासचिव भुसालले बताए । सोमबारको घटनापछि उनी सोही दिन पक्राउ परेका हुन् ।

कुटपिटबाट सचिवको गालामा चोट लागेको र भरतपुर अस्पतालमा उपचार भइरहेको बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले जानकारी दिए ।