झापामा बालिका बलात्कार आरोपमा युवक पक्राउ

काठमाडौं । झापामा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–९, खातेका २१ वर्षीय सञ्जीव आचार्य छन् । १० वर्षीया बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार बिहान ९माघ २५० उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको…

झापामा बालिका बलात्कार आरोपमा युवक पक्राउ

काठमाडौं । झापामा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–९, खातेका २१ वर्षीय सञ्जीव आचार्य छन् ।

१० वर्षीया बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार बिहान ९माघ २५० उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रहरी चौकी घोडामाराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।