काठमाडौं । पूर्वी रुकुमबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना भएको छ । गएराति १२ बजे कास्कीको लुम्लेमा ना ८ ख ७२९७ नम्बरको यात्रुवहाक बस दुर्घटना भएको बागलुङकी प्रदेश सांसद दिलमाया पौवीले जानकारी दिइन् ।
बस दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ ।

