सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुखसहित पाँच जना पक्राउ

काठमाडौं । सहकारी ठगीको आरोपमा म्याग्दी जिल्ला समन्वय समितिका प्रमुखसहित पाँच जना पक्राउ परेका छन् । बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरूको बचत रकम हिनामिना गरेको आरोपमा जिसस प्रमुख राजकुमार थापासहित सहकारीका पाँच जनालाई पक्राउ गरिएको जिल्ला…

सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुखसहित पाँच जना पक्राउ

काठमाडौं । सहकारी ठगीको आरोपमा म्याग्दी जिल्ला समन्वय समितिका प्रमुखसहित पाँच जना पक्राउ परेका छन् । बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरूको बचत रकम हिनामिना गरेको आरोपमा जिसस प्रमुख राजकुमार थापासहित सहकारीका पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

थापासहित सहकारीका तत्कालीन व्यवस्थापक तथा सञ्चालक समितिमा रहेका मनप्रसाद थजाली, थमबहादुर गर्वुजा, रुद्रबहादुर गुरुङ र देवीकुमारी थापालाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।

सहकारी रजिष्ट्रार कार्यालय पोखराले गरेको छानबिनका क्रममा उक्त सहकारीका बचतकर्ताहरूको रकम दुरुपयोग गरेको भेटिएको र आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई प्रतिवेदन पठाएको थियो । त्यसै आधारमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।