एमालेले गर्‍याे पूर्वसांसदसहित ५ नेता निष्कासित

काठमाडौं । नेकपा एमालेबाट निस्कासित भीम रावलको पछि लागेको भन्दै पूर्वसांसदसहित ५ जना एमालेको कारबाहीमा परेका छन्। नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको पाँऔं सचिवालय बैठकले सचेत गराउँदा रावलको अभियानमै रहिराखेको र पार्टीले सोधेको स्पष्टीकरणको समेत जवाफ नदिएको भन्दै ५ जना नेतालाई…

एमालेले गर्‍याे पूर्वसांसदसहित ५ नेता निष्कासित

काठमाडौं । नेकपा एमालेबाट निस्कासित भीम रावलको पछि लागेको भन्दै पूर्वसांसदसहित ५ जना एमालेको कारबाहीमा परेका छन्।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको पाँऔं सचिवालय बैठकले सचेत गराउँदा रावलको अभियानमै रहिराखेको र पार्टीले सोधेको स्पष्टीकरणको समेत जवाफ नदिएको भन्दै ५ जना नेतालाई साधरण सदस्यबाटै हटाइएको बताएको छ।

रावलले सुरु गरेको मातृभूमि जागरण अभियानलाई सहयोग गरेको भन्दै निस्कासित गरिएका नेताहरूमा सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का र हर्क कुँवर रहेका छन्। उनीहरू सुदूरपश्चिम प्रदेशका पूर्व सांसद हुन्।

त्यस्तै प्रदेश कमिटी सदस्य जंगबहादुर विक, दुधकला विष्ट र केशर मियाँलाईलाई पनि एमालेले पार्टीबाट निष्कासन गरेको छ।