काठमाडौं । मापसे गरेर ड्युटीमा खटिएका प्रहरी हवल्दारको हात भाँचिदिएका सवारी चालक सौरभ थापा २८ सय रुपैयाँ धरौटीमा छुटेका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार थापालाई धरौटीमा छाड्न आदेश दिएको प्रहरीले जनाएको छ ।
गत बिहीबार राती ३ बजेतिर पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्प अगाडि थापाले चलाएको गाडीले ठक्कर दिँदा ड्युटीमा रहेका प्रहरी हवल्दार चित्रबहादुर वलीको हात भाँचिएको थियो । त्यसपछि पक्राउ परेका चालक थापालाई प्रहरीले सोमबार जिल्ला प्रशासन कार्यालयमा पेश गरेको थियो ।
अभद्र मुद्दामा प्रशासनमा पेश भएका थापालाई प्रशासनले धरौटीमा छाड्न आदेश दिएको हो । प्रहरीले थापालाई पक्राउ गरी अनुसन्धान गर्न ५ दिन समय पाएको थियो । अनुसन्धान सकेर प्रशासनमा बुझाएको कास्की प्रहरीका इन्स्पेक्टर सुवास तिमल्सिनाले बताए ।
प्रशासनमा बुझाएकै दिन आज २ हजार ८०० रुपैया धरौटीमा छाड्न आदेश भएको उनले बताए। अभद्र व्यवहारको मुद्दा जिल्ला प्रशासन कार्यालयले हेर्ने भएकाले धरौटीमा छाड्ने आदेश भएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए । धरौटी रकम भने ४ हजार भन्दा बढी हुनुपर्ने उनको भनाइ छ।
चालक थापा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष ध्रुव थापाका छोरा हुन्।
मापसे गरेर हवल्दारको हात भाँचिदिने सौरभ थापा २८ सय धरौटीमा छुटे