काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल प्रष्ठिान प्रदेश समितिको अध्यक्षमा लक्ष्मण दर्नाल निर्वाचित भएका छन् । प्रदेश समितिको चौँथो अधिवेशनबाट अध्यक्षमा लक्ष्मण दर्नाल, खुल्ला उपाध्यक्ष विजय फुयाँल, महिला उपाध्यक्ष पार्वती खड्का, समावेशी उपाध्यक्ष विवेक लोप्चन, महासचिव विमल खड्का चयन भएका छन् ।
साथै खुल्ला सचिव ईश्वर विक, मधेश सचिव रमिता यादव, महिला सचिव समुन्द्रा घिमिरे, दलित सचिव हरि जिज्ञासु, समावेशी सचिव प्रेमकुमार श्रेष्ठ र कोषाध्यक्ष हरि रिमाल सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक ईश्वरीप्रसाद वाग्लेले जानकारी दिए । १७ सदस्यीय समितिका ४ जना मनोनितसहित २१ सदस्यीय प्रतिष्ठान प्रदेश समितिमा नयाँ नेतृत्व चयन भएको निर्वतमान अध्यक्ष विरेन्द्र वलीले जानकारी दिए ।
समितिको सदस्यमा कृष्ण सिलाल, हरि दुलाल, कुलबहादुर ओली, गणेश पाण्डे, कुमार बिबेकानन्द मिश्र, लक्ष्मण दङ्गाल, समुन्द्र गिरी, नारायण बिश्वकर्मा, बिरेन्द्र धामी, काशीराम जैसी पनि सर्वसम्मत चयन भएका छन् ।

