प्रचण्ड र वर्षमान तेह्रथुम प्रस्थान, प्रधानमन्त्री ओलीको जन्मथलोमा दुई दिन बस्ने

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पूर्वी पहाडी जिल्ला तेह्रथुम प्रस्थान गरेका छन्। सोमबार बिहान माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई साथमा लिएर प्रचण्ड काठमाडौँबाट सैनिक हेलिकप्टरमा तेह्रथुम प्रस्थान गरेका हुन्। प्रचण्ड आज र भोलि तेह्रथुमका विभिन…

प्रचण्ड र वर्षमान तेह्रथुम प्रस्थान, प्रधानमन्त्री ओलीको जन्मथलोमा दुई दिन बस्ने

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पूर्वी पहाडी जिल्ला तेह्रथुम प्रस्थान गरेका छन्। सोमबार बिहान माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई साथमा लिएर प्रचण्ड काठमाडौँबाट सैनिक हेलिकप्टरमा तेह्रथुम प्रस्थान गरेका हुन्।

प्रचण्ड आज र भोलि तेह्रथुमका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। प्रचण्डले आज लालीगुराँस नगरपालिका–७ लसुनेस्थित शहीद धनरुपा पार्कको उद्घाटन गर्ने कार्यक्रम छ।

त्यहाँबाट उनी प्रधामन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीको जन्मथलो आठराई जानेछन्। प्रचण्डले आठराई गाउँपालिका–३ ह्वाकु बगाले शहीद स्मृति पार्क र सोही स्थानमा जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ। उक्त स्थानमा २०५८ साल माघ २४ गते आजकै दिन सुरक्षाकर्मीको गोली लागी १८ माओवादी सेनाका लडाकु र ३ सर्वसाधारणको सामूहिक रुपमा मारिएका थिए।

पाँचथरको गोपेटार प्रहरी चौकी आक्रणका क्रममा घाइते भएका निशस्त्र लडाकुहरु उपचार गराइरहेको स्थानमा सेनाले घेराहाली गोली चलाएको थियो ।