अखिल क्रान्तिकारीमा सापकोटा र राईबीच कडा प्रतिस्पर्धा, अब विश्वविद्यालय र विशेष प्रदेशको मतगणना बाँकी

काठमाडौं । अखिल क्रान्तिकारीको अध्यक्षमा विजय प्रकाश सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा देखिएको छ। शनिबार रातिसम्मको मत गणनाको परिणामअनुसार सापकोटाले सबैभन्दा धेरै ४५३ मत पाउँदा दोस्रो स्थानमा रहेका राईले ३९९ मत पाएका छन्। अध्यक्षका अर्का प्रतिस्पर्धी उपदेश यादवले १६८ मत पा…

अखिल क्रान्तिकारीमा सापकोटा र राईबीच कडा प्रतिस्पर्धा, अब विश्वविद्यालय र विशेष प्रदेशको मतगणना बाँकी

काठमाडौं । अखिल क्रान्तिकारीको अध्यक्षमा विजय प्रकाश सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा देखिएको छ।

शनिबार रातिसम्मको मत गणनाको परिणामअनुसार सापकोटाले सबैभन्दा धेरै ४५३ मत पाउँदा दोस्रो स्थानमा रहेका राईले ३९९ मत पाएका छन्।

अध्यक्षका अर्का प्रतिस्पर्धी उपदेश यादवले १६८ मत पाएका छन्। भने सुदिन पौडेलले १४२ मत प्राप्त गरेका छन् । अब विशेष प्रदेश र विश्वविद्यालय प्रदेशको मतगणना हुन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ।

सापकोटाले कोशी प्रदेशबाट ४९, मधेसबाट २०, बागमतीबाट ८७, गण्डकीबाट ६०, लुम्बिनीबाट ८५, कर्णालीबाट ८० र सुदूरपश्चिमबाट ७२ मत पाएका छन्।

हेमन्त राईले कोशीबाट ११६, मधेसबाट २०, बागमतीबाट १७, गण्डकीबाट ३९, लुम्बिनीबाट ६६, कर्णालीबाट ८२ र सुदूरपश्चिमबाट ७२ मत पाएका छन्।

सुदिन पौडेलले कोशीबाट १८, मधेसबाट शून्य, बागमतीबाट १७, गण्डकीबाट ६१, लुम्बिनीबाट २२, कर्णालीबाट ८ र सुदूरपश्चिमबाट १६ मत ल्याएका छन्।