नेपाल-भारत विश्वमैत्री संघको उपाध्यक्षमा विश्वक्रान्ति मनोनित

आइतबार केन्द्रीय समितिको बैठकले सिंहलाई उपाध्यक्षमा मनोनित गरेको हो । संघका कोषाध्यक्ष प्रविन मैनालीले समाजिक क्षेत्रमा रहेर क्रियाशील व्यक्तिहरुलाई संघमा आवद्धता गराएको जानकारी दिए ।

नेपाल-भारत विश्वमैत्री संघको उपाध्यक्षमा विश्वक्रान्ति मनोनित
काठमाडौं । नेपाल भारत विश्वमैत्री संघको केन्द्रीय उपाध्यक्षमा विश्वक्रान्ति सिंह मनोनित भएका छन् । आइतबार केन्द्रीय समितिको बैठकले सिंहलाई उपाध्यक्षमा मनोनित गरेको हो । संघका कोषाध्यक्ष प्रविन मैनालीले समाजिक क्षेत्रमा रहेर क्रियाशील व्यक्तिहरुलाई संघमा आवद्धता गराएको जानकारी दिए । संघले नेपाल र भारतबीच भएका सकरात्मक सामाजिक तथा संस्कृति कामहरुको प्रचारप्रसार गर्ने काम गर्दै आइरहेको छ । तीन वर्षंअघि स्थापना भएको संघको गत भदौमा भएको साधारण सभाले अध्यक्ष कर्नेल हेमबहादुर कार्की, कार्यवाहक अध्यक्ष ज्योतिरत्न बज्राचार्य, वरिष्ठ उपाध्यक्ष पदमराज जोशी, प्रथम उपाध्यक्ष जनकदिप पराजुली, उपाध्यक्ष सिताराम पोखरेल, महिला उपाध्यक्ष राधादेवि भण्डारी, महासचिव किरणराज रेग्मी र कोषाध्यक्ष प्रविन मैनाली लगायत केन्द्रीय सदस्य चयन भएका थिए । केन्द्रीय समितिमा ३६जना र कार्यसम्पादन समितिमा ७ जना रहेका छन् ।