ड्युटीमा खटिएका प्रहरी जवानले आफैंलाई हाने गोली

काठमाडौं । सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म कञ्चनपुरमा कार्यरत प्रहरी जवान वकिल बिष्टले आफैँलाई गोली प्रहार गरेका छन् । बुधबार बेलुका साढे ८ बजेको समयमा ड्युटीका क्रममा उनले आफैँमाथि राइफलको गोली हानेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएस…

ड्युटीमा खटिएका प्रहरी जवानले आफैंलाई हाने गोली

काठमाडौं । सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म कञ्चनपुरमा कार्यरत प्रहरी जवान वकिल बिष्टले आफैँलाई गोली प्रहार गरेका छन् ।

बुधबार बेलुका साढे ८ बजेको समयमा ड्युटीका क्रममा उनले आफैँमाथि राइफलको गोली हानेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी उमेशराज जोशीले जानकारी दिए ।

डिएसपी उमेशराज जोशीका हातहतियार राखिने स्थान (सेन्ट्री कोत गारद) मा ड्युटीमा रहेका उनले दाहिने कानभन्दा माथिबाट आफूलाई गोली हानेका थिए । एसएलआर राइफलबाट गोली प्रहार गरेको प्रहरीले जनाएको छ । आफैले हानेको गोलीले घाइते भएका विष्टको अवस्था गम्भीर रहेको छ ।

महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा भर्ना गरिएका घाइते जवानलाई स्वास्थ्यमा सुधार नआएपछि थप उपचारको लागि धनगढी रेफर गरिएको छ ।