काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको केन्द्रीय कोषाध्यक्षमा महेन्द्र चन्दले उम्मेदवारी दिएका छन् । अखिल क्रान्तिकारीको २३ औ राष्ट्रिय सम्मेलनका लागि हुने निर्वाचनमा उनले कोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
विद्यार्थी नेता प्रदीप भण्डारी प्रस्तावक र आरती शर्माको समर्थनमा उनले कोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको निर्वाचन कमिटीले जनाएको छ ।
नयाँ विधान अनुसार ३३ जना पदाधिकारी, ४८ केन्द्रीय सचिवालय र १६२ केन्द्रीय सदस्यहरू गरी २४३ जनाको निर्वाचनका लागि निर्वाचन समितिले माघ १२ गते निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको छ ।

