काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्।
प्रधानमन्त्री ओली अस्वस्थ भएपछि बुधबारका लागि तय गरिएको अत्यावश्यक भेटघाटलगायतका कार्यक्रम रद्द गरिएको बालुवाटार स्रोतले जानकारी दिएको छ। एमाले अध्यक्षसमेत रहेका ओली मंगलबार बेलुका पार्टीको सचिवालय बैठकमा सहभागी भएका थिए। राति अबेरसम्म काम गर्ने बानी भएका ओली चिसोलगायत कारण अस्वस्थ भएको बताइएको छ।
अस्वस्थताकै कारण प्रधानमन्त्री ओली सशस्त्र प्रहरी बल २४औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आज सशस्त्र प्रहरी बलको हल्चोकस्थित प्रधान कार्यालयमा आयोजित कार्यक्रममा पनि सहभागी हुन सकेनन्।

