काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) खुल्ला सचिव पदमा योगेन्द्र पुनमगरले उम्मेदवारी दिएका छन् । अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ । उम्मेदवारी दिने आज अन्तिम समय हो ।
लामो रसाकस्सीपछि अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो । यसअघि सचिव पदका उम्मेदवार पुनमगरलगायतका विद्यार्थी नेताहरुले आन्तरिक संघर्ष गरेर संगठनमा ३२ वर्षे उमेर हद लगाउन सफल भएका थिए । अब अखिल क्रान्तिकारीको नेतृत्व ३२ वर्षभन्दा कम उमेरका विद्यार्थी नेताहरुले हाँक्नेछन् ।
सचिव पदका उम्मेदवार योगेन्द्र पुनमगर त्रिचन्द्र क्याम्पसमा अध्ययन विद्यार्थी हुन् । उनी बागलुङको इकाइ समिति हुदै जिल्ला सदस्य साथै जिल्ला अध्यक्षको जिम्मेवारी पश्चात केन्द्रीय सदस्यसमेत भएका थिए । सङ्ठनलाई एकताबद्ध बनाई आगामी स्ववियू निर्वातचनमा अखिल क्रान्तिकारीलाई पहिलो सङ्ठनको रुपमा स्थापित गर्न र विद्यार्थीका मुद्दाहरुलाई सम्बोधन गर्न आफूलाई अमूल्य मत दिएर विजयी गराइदिनसमेत उनले अपिल गरेका छन् ।

