जनकपुरधाम । धनुषा प्रहरीको हिरासतबाट ६ जना आरोपितहरू भागेका छन् ।
इलाका प्रहरी कार्यालय, महेन्द्रनगरको हिरासतमा रहेका ६ जना आरोपितहरू आइतबार राति फरार भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।
हिरासतमा रहेका आरोपितहरूमध्ये विनोदकुमार शर्मा,अमित मण्डल, रोशन यादव , हरिवित सिंह, रोशन महतो र शंकर सिंह फरार भएका हुन्।
ईलाका प्रहरीको भवन पुरानो रहेको छ । हिरासत भएको भाग कमजोर भएको कारण फोडेर उनीहरू भाग्न सफल भएको प्रहरीको भनाइ छ । फरार अभियुक्तहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
भवन फोडेर प्रहरी हिरासतबाट को-को भागे ?
इलाका प्रहरी कार्यालय, महेन्द्रनगरको हिरासतमा रहेका ६ जना आरोपितहरू आइतबार राति फरार भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

