बामदेव गौतम नेकपा एमालेमा प्रवेश गर्ने

काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले आफू नेकपा एमालेमा जाने तय भइसकेको बताएका छन्। उनले आफू विगत २ वर्षदेखि एमालेमा फर्किने प्रयत्नमा रहेको भए पनि अबचाहिँ एमालेमा जाने तय भएको दाबी गरे। यद्यपि, कुन पद लिएर कहिले जाने हो भन्ने विषय भने नटुंगि…

बामदेव गौतम नेकपा एमालेमा प्रवेश गर्ने

काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले आफू नेकपा एमालेमा जाने तय भइसकेको बताएका छन्।

उनले आफू विगत २ वर्षदेखि एमालेमा फर्किने प्रयत्नमा रहेको भए पनि अबचाहिँ एमालेमा जाने तय भएको दाबी गरे। यद्यपि, कुन पद लिएर कहिले जाने हो भन्ने विषय भने नटुंगिएको गौतमको भनाइ छ।

‘एमालेमा फर्किन लागेको २ वर्ष भयो,’ उनले भने, ‘पोजिसन बाँड्दै हिँड्दैनौं, तिम्रो पोजिसन के हुनुपर्छ हामीलाई थाहा छ, हामी गरिहाल्छौं भन्छन्।’