एमालेद्वारा पूर्वमन्त्रीसहित दुई नेतालाई पार्टीबाट निष्काशन गर्न सिफारिस

काठमाडौं । एमाले जिल्ला कमिटी कैलालीले सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र जिल्ला सदस्य भिष्मराज सुवेदीलाई पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ। शनिबार बसेको पार्टीको जिल्ला सचिवालय बैठकले पूर्वमन्त्री कृष्णराज र जिल्ला सदस्य भिष्मराज सुवेदीलाई पा…

एमालेद्वारा पूर्वमन्त्रीसहित दुई नेतालाई पार्टीबाट निष्काशन गर्न सिफारिस

काठमाडौं । एमाले जिल्ला कमिटी कैलालीले सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र जिल्ला सदस्य भिष्मराज सुवेदीलाई पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ।

शनिबार बसेको पार्टीको जिल्ला सचिवालय बैठकले पूर्वमन्त्री कृष्णराज र जिल्ला सदस्य भिष्मराज सुवेदीलाई पार्टीको संगठित सदस्य समेत नहरने गरि निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस एमाले कैलालीका उपसचिव तथा प्रचार विभाग प्रमुख चुडामणि भट्टले बताए।

पार्टीको संगठित सदस्यबाटै हटाउन सिफारिस गरेका दुवै जना नातामा बाबुछोरा हुन्। उनीहरू दुवै जना एमालेबाट निकालिएका नेता भीम रावलको गतिविधिमा संलग्न भएको पाइएपछि कारबाही गर्न सिफारिस गरिएको भट्टले बताए।

एमालेमा भीम रावल निकट मानिएका उनीहरू रावलको मातृभूमि जागरण अभियानमा सक्रिय भएका छन्।