बासुदेव पोखरेल, गुल्मी । शहीद दिवसको अवसरमा गुल्मीको धुर्कोट गाउँपालिकाले खुल्ला ब्याडमिन्टन प्रतियोगिता आजदेखि शुुरु गरेको छ । 'स्वस्थ्य मुटु राम्रो, ब्याडमिन्टन खेल हाम्रो' भन्ने मुलनाराका साथ शुरु भएको ब्याडमिन्टन प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले उद्घाटन गरे ।
उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष पोखरेलले स्वस्थ जीवन यापनका लागि खेलकुद अपरिहार्य रहेको बताए । गाउँपालिकाले खेलाडी उत्पादन तथा प्रोत्साहन गर्नका लागि खेलकुदका विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको बताउँदै आगामी दिनमा खेल क्षेत्रमा गाउँपालिकालाई अब्बल बनाउने बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले शारीरिक तथा मानसिक रुपमा समेत बलियो बन्नका लागि खेल महत्व रहेको बताए । उनले खेलकुदको माध्यमबाट खेलाडीहरुमा अनुशासन, सरसफाई र भाइचारा प्रवृत्तिको विकास गर्न समेत सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।
आज भएको खेलमा २२ टिमको सहभागीता रहेको थियो । प्रतियोगीतामा प्रथम हुने समुहले ८ हजार कप मेडल र प्रमाणपत्र, द्धितीय हुने समुहले ६ हजार कप मेडल र प्रमाणपत्र तथा तृतीय हुने समूहले ४ हजार कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । खेल भोलिसम्म चल्ने छ ।
धुर्कोट गाउँपालिकामा खुल्ला ब्याडमिन्टन प्रतियोगिता आजदेखि शुरु
बासुदेव पोखरेल, गुल्मी । शहीद दिवसको अवसरमा गुल्मीको धुर्कोट गाउँपालिकाले खुल्ला ब्याडमिन्टन प्रतियोगिता आजदेखि शुुरु गरेको छ । 'स्वस्थ्य मुटु राम्रो, ब्याडमिन्टन खेल हाम्रो' भन्ने मुलनाराका साथ शुरु भएको ब्याडमिन्टन प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले उद्घाटन गरे ।…

