सहकारी ठगी प्रकरण : छविलाललाई ८८ लाख धरौटीमा छोड्न आदेश

काठमाडौं । कास्की जिल्ला अदालतले छविलाल जोशी बन्जाडेसँग ८८ लाख रुपैयाँ धरौटी माग गरेको छ। न्यायाधीश नितिज राईको इजलासले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा डीआईजीसमेत रहेका जोशीलाई धरौटीमा रिहा गर्न आदेश भएको हो। जोशी रवि लामिछानेका व्यापारिक साझेदार हुन्। सहकारीको रकम गोर्खा मिडियामा…

सहकारी ठगी प्रकरण : छविलाललाई ८८ लाख धरौटीमा छोड्न आदेश

काठमाडौं । कास्की जिल्ला अदालतले छविलाल जोशी बन्जाडेसँग ८८ लाख रुपैयाँ धरौटी माग गरेको छ।

न्यायाधीश नितिज राईको इजलासले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा डीआईजीसमेत रहेका जोशीलाई धरौटीमा रिहा गर्न आदेश भएको हो। जोशी रवि लामिछानेका व्यापारिक साझेदार हुन्।

सहकारीको रकम गोर्खा मिडियामा लगेर संगठित रूपमा ठगी गरेको र गैरकानुनी सम्पत्ति शुद्धीकरण गरेको अभियोग उनीहरूविरूद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चलाइएको छ।

छविलाई गत असोज ६ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो।