नेपाल-तिब्बत सीमानजिकै गएको भूकम्पबाट ९ जनाको मृत्यु

काठमाडौं । नेपाल तिब्बत सीमानजिकै गएको ७ म्याग्नेच्युडको भूकम्पले तिब्बतमा मानवीय क्षति भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएअनुसार मंगलबार बिहानको भूकम्पको केन्द्र नेपाल नजिकै हो। अहिलेसम्म तिब्बतमा ९ जनाको मृत्यु पुष्टि भइसकेको चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सल…

नेपाल-तिब्बत सीमानजिकै गएको भूकम्पबाट ९ जनाको मृत्यु

काठमाडौं । नेपाल तिब्बत सीमानजिकै गएको ७ म्याग्नेच्युडको भूकम्पले तिब्बतमा मानवीय क्षति भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएअनुसार मंगलबार बिहानको भूकम्पको केन्द्र नेपाल नजिकै हो।

अहिलेसम्म तिब्बतमा ९ जनाको मृत्यु पुष्टि भइसकेको चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सले जानकारी दिएको छ।

तिब्बत र नेपालको सीमा क्षेत्रलाई केन्द्रविन्दू बनाएर मंगलबार बिहान ६ः५० बजे ७ म्याग्नेच्युडको भूकम्प गएको थियो।

पूर्वी पहाड, मधेस र काठमाडौं उपत्यकामासमेत केहीबेर भूकम्पको कम्पन महसुस गरिएको थियो। नेपालको पूर्वी पहाडमा अहिलेसम्म भूकम्पको क्षतिको विवरण प्राप्त भएको छैन। सिन्धुपाल्चोकमा फुल्पिङकट्टीमा एउटा प्रहरी भवनमा क्षति पुगेको छ।