१८ सहसचिव र ५७ जना उपसचिवमा बढुवा सिफारिस

काठमाडौं । प्रशासन सेवातर्फका १८ जना सहसचिवमा र ५७ जना उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । कार्यक्षमता मूल्यांकनबाट सहसचिवमा बढुवा सिफारिस भएकाहरूको नामावली आज (शुक्रबार) सार्वजनिक भएको हो । बढुवा समितिको सचिवालयले सार्वजनिक गरेको सिफारिस सूचीअनुसार सहसचिवमा प्रेमप्रसाद लुइट…

१८ सहसचिव र ५७ जना उपसचिवमा बढुवा सिफारिस

काठमाडौं । प्रशासन सेवातर्फका १८ जना सहसचिवमा र ५७ जना उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । कार्यक्षमता मूल्यांकनबाट सहसचिवमा बढुवा सिफारिस भएकाहरूको नामावली आज (शुक्रबार) सार्वजनिक भएको हो ।

बढुवा समितिको सचिवालयले सार्वजनिक गरेको सिफारिस सूचीअनुसार सहसचिवमा प्रेमप्रसाद लुइटेल पहिलो नम्बरमा बढुवा सिफारिस भएका छन् ।

बढुवा सिफारिसमा चित्त नबुझाकाहरले सूचना प्रकाशित भएको मितिदेखि ३५ दिनभित्र लोक सेवा आयोगको कार्यालयमा उजुरी दिन सक्ने छन् ।