काठमाडौं । सर्वोच्च अदालतले शुक्रबार रवि लामिछानेको नागरिकता अवैध रहेको ठहर गर्यो । त्योसँगै उनको सांसद पद गुम्यो । उनले उपप्रधान एवं गृहमन्त्रीबाट राजीनामा दिए ।
सर्वोच्चको संवैधानिक इजलासको उक्त फैसला सुनाउँदा उनी सिंहदरबारस्थित गृह मन्त्रालयमै थिए । फैसलासँगै आफू ‘अनागरिक’ भएको प्रतिक्रिया दिएर त्यहाँबाट बाहिरिएका थिए । लगत्तै बालुवाटार पुगी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर राजीनामापत्र बुझाए ।
गृहको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफैँले सम्हालिसकेका छन् । पूर्वगृहमन्त्रीको सूचीमा समेत उनको नाम समावेश छैन । मन्त्रालयको वेबसाइटमा अरू पूर्वगृहमन्त्रीहरूको नाम उल्लेख छ ।
लामिछानेलाई पूर्वगृहमन्त्री भन्ने नभन्ने बारेमा कुनै निर्णय नभएको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले बताए । त्यस्तो निर्णय राजनीतिक तहबाटै हुन सक्ने उनको भनाइ छ ।“आज सरकारी वेबसाइट डाउन भयो, थाहा पाइसक्नुभयो होला । भोलि आइतबार यसबारेमा निर्णय हुनसक्छ,” उनले भने । मन्त्रालयको वेबसाइटमा पूर्वगृहमन्त्रीको सूचीको पहिलो नम्बरमा बालकृष्ण खाणको नाम छ ।
पूर्वगृहमन्त्रीको सूचीमा किन छैन रवि लामिछानेको नाम ?
सर्वोच्च अदालतले शुक्रबार रवि लामिछानेको नागरिकता अवैध रहेको ठहर गर्यो । त्योसँगै उनको सांसद पद गुम्यो । उनले उपप्रधान एवं गृहमन्त्रीबाट राजीनामा दिए ।

