काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआइजी टेकबहादुर तामाङ

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङ भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले एआइजी तामाङलाई कार्यालयको प्रमुखको रूपमा सरूवा गरिएको हो । यसअघि तामाङ अपराध अनुसन्धान विभाग (सिआइडी)का प्रमुख थिए। कार…

काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआइजी टेकबहादुर तामाङ

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङ भएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले एआइजी तामाङलाई कार्यालयको प्रमुखको रूपमा सरूवा गरिएको हो ।

यसअघि तामाङ अपराध अनुसन्धान विभाग (सिआइडी)का प्रमुख थिए। कार्यालयमा प्रमुख रहेकी एआइजी किरण बज्राचार्य मंगलबारदेखि अवकाशमा गएकी थिइन्। उनी अवकाशमा गएसँगै उनको ठाउँमा तामाङलाई पठाइएको हो।