कोटेश्वरको होटलबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । काठमाडौँको कोटेश्वरस्थित होटलबाट पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका ३२ कोटेश्वरस्थित होटेल बिश्पुलबाट एउटं पेस्तोल, म्यागजिन र ९ राउण्ड गोलीसहित कोटेश्वर नरेफाट घर भएका ३३ वर्षीय सनराईज खड्कालाई प्रहरीले पक्राउ गरेको हो। काठमाडौँ उपत्य…

कोटेश्वरको होटलबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । काठमाडौँको कोटेश्वरस्थित होटलबाट पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका ३२ कोटेश्वरस्थित होटेल बिश्पुलबाट एउटं पेस्तोल, म्यागजिन र ९ राउण्ड गोलीसहित कोटेश्वर नरेफाट घर भएका ३३ वर्षीय सनराईज खड्कालाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले होटेलको कोठा नम्बर ४०१ बाट उनलाई हतियारसहित फेला पारेको थियो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ।