काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ। सोमबार अपराह्न ४ बजे बस्नेगरि सचिवालय बैठक बोलाइएको रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। उनका अनुसार बैठक भर्चुअल हुनेछ।
बैठकमा समसामयिक परिस्थितिमा छलफल हुने उनले बताएका छन्। आइतबार रास्वपाका सभापति रवि लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दर्ता भएपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको छ।
अदालतमा मुद्दा दर्ता भएपछि पहिलोपटक रास्वपाको सचिवालय बस्न लागेको हो।

