काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन्। प्रहरीले महर्जनलाई सोमबार पक्राउ गरेको हो ।
उनीमाथि हरियाली बचत तथा ऋण सहकारीको बचत रकम अपचलनको आरोप छ। उनलाई प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

