कास्की जिल्ला अदालतमा आज रविको थुनछेक बहस हुने

काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना गरेकोसहित तीन मुद्दा दायर भएका रास्वपा सभापति रवि लामिछानेको आजदेखि बयान सुरु हुँदै छ । कास्की जिल्ला अदालतले आजदेखि लामिछानेको बयान लिन लागेको हो । सोमबारदेखि सुरु हुने बयान सकिएपछि आरोपितहरूको थुनछेक बहस सुरु हुनेछ । प्रहरीले रवि लगायतले…

कास्की जिल्ला अदालतमा आज रविको थुनछेक बहस हुने

काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना गरेकोसहित तीन मुद्दा दायर भएका रास्वपा सभापति रवि लामिछानेको आजदेखि बयान सुरु हुँदै छ । कास्की जिल्ला अदालतले आजदेखि लामिछानेको बयान लिन लागेको हो । सोमबारदेखि सुरु हुने बयान सकिएपछि आरोपितहरूको थुनछेक बहस सुरु हुनेछ ।

प्रहरीले रवि लगायतले सूर्यदर्शन सहकारीको बचत ठगी गरेको आरोपमा आइतबार एक अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी सहित सहकारी ठगीमा मुद्दा दायर गरेको हो । यस्तै रविविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा पनि दायर भएको छ ।