तीन प्रदेशको मौसम बदली, वर्षा र हिमपातको अनुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। यतिबेला (आइतबार बिहान) गण्डकी, कर्णाली र सूदुरपश्चिम प्रदेशको मौसम आंशिक बदली छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु लाग्नुका…

तीन प्रदेशको मौसम बदली, वर्षा र हिमपातको अनुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। यतिबेला (आइतबार बिहान) गण्डकी, कर्णाली र सूदुरपश्चिम प्रदेशको मौसम आंशिक बदली छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले देशका तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु लाग्नुका साथै तराईका थोरै स्थानमा कुहिरो समेत लागेको छ। हुस्सु तथा कुहिरोको कारण दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ।