भूकम्पले बाजुरामा घरहरू भत्किए

काठमाडौं । बाजुरामा शनिबार बिहान भूकम्प जाँदा घरहरू भत्किएका छन् । शनिबार बिहान सवा ४ बजे बाजुराको जगन्नाथ गाउँपालिका ५ गोत्री केन्द्रविन्दु ५.२ म्याग्नेच्यूडको भूकम्प गएको थियो। घरभित्र सुतिरहेका मानिसहरू भूकम्प आएपछि घरबाहिर निस्केका थिए। जगन्नाथ गाउँपालिका ५ का वडाध्यक्ष गौरी…

भूकम्पले बाजुरामा घरहरू भत्किए

काठमाडौं । बाजुरामा शनिबार बिहान भूकम्प जाँदा घरहरू भत्किएका छन् । शनिबार बिहान सवा ४ बजे बाजुराको जगन्नाथ गाउँपालिका ५ गोत्री केन्द्रविन्दु ५.२ म्याग्नेच्यूडको भूकम्प गएको थियो।

घरभित्र सुतिरहेका मानिसहरू भूकम्प आएपछि घरबाहिर निस्केका थिए। जगन्नाथ गाउँपालिका ५ का वडाध्यक्ष गौरी सार्कीले भूकम्पले घरहरू भत्किएको बताएका छन् ।

बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले भूकम्पले पुराना र जीर्ण घरहरू भत्काएको जानकारी दिए। मानवीय क्षति भने नभएको उनले बताएका छन्। प्रहरी र स्थानीय जनप्रतिनिधिले क्षतिको विवरण संकलन गरिरहको उनले बताए।