सिंह र बोहरा एआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी)हरु दुर्गा सिंह र भरतबहादुर बोहरा अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। गृहसचिव गोकर्णमणि दुवाडी नेतृत्वको बढुवा समितिले अघिल्लो हप्ता…

सिंह र बोहरा एआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी)हरु दुर्गा सिंह र भरतबहादुर बोहरा अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।

गृहसचिव गोकर्णमणि दुवाडी नेतृत्वको बढुवा समितिले अघिल्लो हप्ता उनीहरुको बढुवाका लागि सिफारिस गरेको थियो।

एआईजी भीमप्रसाद ढकाल र केदार ढकाल अवकाश भएपछि रिक्त पदमा उनीहरूलाई बढुवा गरिएको हो।