को हुन्छ अब रास्वपाको अध्यक्ष ?

स्रोतका अनुसार सर्वोच्चको फैसलापछि पार्टीको कार्यकारी सभापति डोरप्रसाद अर्याललाई दिने तयारी गरिएको छ । रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीका अनुसार पार्टीको बैठक बसेर अर्याललाई कार्यकारी सभापति बनाउने भन्ने विषयमा छलफल हुने भएको हो ।

को हुन्छ अब रास्वपाको अध्यक्ष ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको विपक्षमा सर्वोच्चको फैसला पछि पार्टीको जिम्मा कसले लिन्छ भन्ने बहस शुरु भएको छ । स्रोतका अनुसार सर्वोच्चको फैसलापछि पार्टीको कार्यकारी सभापति डोरप्रसाद अर्याललाई दिने तयारी गरिएको छ । रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीका अनुसार पार्टीको बैठक बसेर अर्याललाई कार्यकारी सभापति बनाउने भन्ने विषयमा छलफल हुने भएको हो । कार्कीले भने, 'पार्टीको कार्यकारी सभापति डोरप्रसाद अर्याललाई दिने तयारी छ । बैठक बसेर निर्णय हुन्छ । सभापति ज्यूले अदालतको फैसला मान्छु भनिसक्नु भएको छ । अब प्रक्रिया पूरा गरेर नागरिकता लिनुहुन्छ । त्यो बेलासम्म उपसभापति डीपी अर्यालले पार्टीको जिम्मा लिनुहुन्छ ।'