काठमाडौं । वीरेन्द्रनगरमा कोठाभित्र कोइला बालेर सुतेका आमा र छोराको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानको समावेशी टोलमा कोइला बालेर सुतेका आमा छोराको बुधबार मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु हुनेमा ३१ वर्षीय देवीसरा थापा घर्ती र उनका ६ वर्षीय छोरा रियान घर्ती छन्। निस्सासिएर देवीसराकी ९ वर्षीय छोरी वर्षीय रिया घर्ती गम्भीर घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी वीरेन्द्रवीर विश्वकर्माले निस्सासिएर देवीसराको आमाछोराको मृत्यु भएको जानकारी दिए।
डीएसपी विश्वकर्माले देवीसराकी ९ वर्षीय छोरी रियाको अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको बताए।
‘बुधबार राति खाना खाएर सुतेका तीन जना विहान अबेरसम्म नउठेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उनीहरू सुतेको कोठाको ढोका तथा झ्यालहरू सबै बन्द अवस्थामा थिए।
प्रहरीले तसलामा कोइला बलिरहेको अवस्थामा फेला पारेको जनाएको छ। कोठामा कोइला बाल्दा कार्बनमोनोअक्साइड ग्यास भरिएको र अक्सिजनको मात्रा कम भएकाले निसास्सिएर नै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

