नेकपा माओवादी केन्द्र ढोरपाटनको अध्यक्षमा हेमेन्द्र घर्तीमगर सर्वसम्मत निर्वाचित

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र ढोरपाटन नगर कमिटीको अध्यक्षमा हेमेन्द्र घर्तीमगर सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार सम्पन्न नगर कमिटीको दोस्रो सम्मेलनबाट अध्यक्षमा हेमेन्द्र घर्तीमगर, उपाध्यक्षमा राष्ट्रिय पुन, मिलन विक, सचिवमा गोपाल महत, सहसचिवमा धनकुमारी रान…

नेकपा माओवादी केन्द्र ढोरपाटनको अध्यक्षमा हेमेन्द्र घर्तीमगर सर्वसम्मत निर्वाचित

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र ढोरपाटन नगर कमिटीको अध्यक्षमा हेमेन्द्र घर्तीमगर सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार सम्पन्न नगर कमिटीको दोस्रो सम्मेलनबाट अध्यक्षमा हेमेन्द्र घर्तीमगर, उपाध्यक्षमा राष्ट्रिय पुन, मिलन विक, सचिवमा गोपाल महत, सहसचिवमा धनकुमारी राना भण्डारी र कोषाध्यक्षमा बेगमती घर्तीमगरसहित ३१ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित भएका हुन् ।

सम्मेलनमा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका सह इन्चार्ज हरि अधिकारी, बैकल्पिक केन्द्र सदस्य चन्द्र बुढा, केन्द्रीय सदस्य निलबहादुर पुन, नेकपा माओवादी गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे, गण्डकी प्रदेश सदस्य एवम् नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक कुशम बुढा, जिल्ला इन्चार्ज राजिव घिमिरेलगायतको उपस्थिति रहेको थियो ।