अनेरास्ववियूले राजीनामा माग्दै शिक्षामन्त्रीको पुत्ला जलायो

कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाइ गर्न निजी क्षेत्रलाई दिने शिक्षामन्त्री खनालले निर्णय गरेपछि विद्यार्थी संगठन विरोधमा उत्रिएको हो ।

अनेरास्ववियूले राजीनामा माग्दै शिक्षामन्त्रीको पुत्ला जलायो
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको राजीनामा माग्दै शुक्रबार बिहान पुत्ला जलाएको छ। शिक्षामन्त्री खनालले निजी विद्यालयलाई पोसेको, गरिब डसेको आरोप लगाउँदै उनको पुत्ला जलाइएको हो । कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाइ गर्न निजी क्षेत्रलाई दिने शिक्षामन्त्री खनालले निर्णय गरेपछि विद्यार्थी संगठन विरोधमा उत्रिएको हो । निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाउन दिएर घुस खान यस्तो निर्णय गरेको र यसले झनै विद्यार्थीलाई महँगो मूल्यमा पुस्तक किन्न बाध्य हुनुपर्ने अवस्था सिर्जना गर्न खोजेको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले दाबी गरे।