काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पुनः आज बिहान ११ बजे बस्दैछ । शुक्रबारदेखि सुरु भएको स्थायी समिति बैठक आज सम्पन्न हुने सचिव देवेन्द्र पौडेलले बताए ।
हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन् । प्रचण्डले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गरेका थिए । आज अध्यक्षको प्रतिवेदनमाथि नेताहरुले आ आफ्नो धारणा राख्नेछन् ।
यसअघि हिजो दिउँसो बसेको माओवादीको स्थायी समिति बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निष्कर्ष निकालेको सचिव पौडेलले बताए । बैठकपछि सचिव देवेन्द्र पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेसँग राष्ट्रपतिबारे छलफल हुने बताएका हुन्।
नेकपा माओवादी स्थायी समितिको बैठक ११ बजे बस्दै